काठमाडौं २१ जेठ । सरकारले विकास बजेटमा छुट्याएको केही रकम ‘ल्यापटप कम्प्युटर’ खरिदमा रकमान्तर गर्ने भएपछि संघीय संसद सचिवालयले खरिद प्रक्रिया अघि बढाएको छ ।
सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदका लागि ३३४ थान ल्यापटप खरिद गर्न प्रक्रिया सुरु गरेको हो । खरिदका लागि आइतबार बोलपत्र आह्वान गरिएको छ ।
आर्थिक वर्षको अन्तिममा आइपुग्दा विकासका लागि छुट्याइएको बजेट खर्च नभएपछि सांसदलाई ल्यापटप खरिद गर्न रकमान्तर गरिएको हो । –नागरिक दैनिकबाट