२१ जेठ, काठमाडौं । गृह मन्त्रालयले २६ जना सह–सचिव र उप–सचिवको सरुवा गरेको छ । मन्त्रालयद्वारा जारी सुचनामा सर्लाही, काभ्रेपलाञ्चोक, नुवाकोट, गोरखा,रुपन्देही, कपिलवस्तु, सिरहा, सुनसरी, उदयपुर र डोटी लगायत जिल्लाका जिल्ला प्रमुख र सहायक प्रमुखको सरुवा तथा पलस्थापना भएको जानकारी गराएको छ ।