Logo

उमेश मैनालीले राजिनामा दिने, आयोग विघटन हुने, कर्मचारी भर्ना रद्ध(भिडियोसहित)



जेठ २१, काठमाण्डौ । लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीले आफू राजिनामा दिन तयार रहेको बताएका छन् । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्मा ऋषि धमलासँग कुरा गर्दै अध्यक्ष मैनालीले आफूले गरेको कामको आलोचना भइरहे राजिनामा दिनसक्ने बताएका हुन् ।

पछिल्लो समय आयोगले सार्वजनिक गरेको कर्मचारी भर्नासम्बन्धी विज्ञापनको आलोचना गर्नेहरुले नियम नै नबुझेको मैनालीको दावी छ । संविधान र नियमअनुसार नै निकालिएको विज्ञापनलाई अनावश्यक रुपमा लगत प्रचार गरिएको मैनालीको जिकिर छ ।

मधेशी दलका नेताहरुले विरोध गर्दैमा विज्ञापन गलत ठहर हुन नसक्ने उनले बताए ।

कर्मचारी भर्नासम्बन्धी विज्ञापन रद्ध गर्ने हो भने लाखौँ जनता सडकमा उत्रिने र सरकारलाई सकस पर्ने मैनालीको तर्क छ । यस्तै अवस्था रहे लोक सेवा आयोग नै विघटन गर्नुपर्ने अवस्था आउन सक्ने उनले बताए ।



प्रतिक्रिया दिनुहोस्