Logo

१० हजार घुस खाने बाल मनोविज्ञ



बाल मनोविज्ञ शान्ति देवी अधिकारी १० हजार घुसलिनेवित्तिकै रङ्गेहात पक्राऊ परेकी छिन् । रुपन्देही जिल्ला अदालतमा बाल मनोविज्ञान प्रतिवेदन सरल रुपमा तयार गरी छिटो पेशी गराइदिन्छु भनी १० हजार घुस लिदालिदै सोमबार अख्तियारले पक्राऊ गरेको हो । अधिकारी रुपन्देही जिल्ला अदालत बाल इजलासमा कार्यरत छिन् ।

अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार अधिकारी घुस वापतको रकम लिइसकेको अवस्थामा नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रको गाडी ग्यारेजबाट रङ्गेहात पक्राऊ परेकी हुन् । उनीमाथि अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यसैगरी, घुस माग्ने वन उपभोक्ता समितिका पदाधिकारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको छ । बाँकेको राप्तिसोनारी गाउँपालिका वडा नम्बर १ स्थित लामिडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष टिकाराम कामी र कोषाध्यक्ष दिपक खुनामाथि आरोपत्र दायर गरेको हो ।

कामी र खुनाले काठ लिलामीमा कोटेशन र्दा गरी काठ उपलब्ध गराउन सहजीकरण गरिदिने प्रयोजनका लागि ५० हजार रुपैयाँ घुस लिएपछि पक्राऊ गरिएको थियो । काठ र दाउरा लिलाम विक्रीको लागि आव्हान भएको टेन्डर फर्म दर्ता गरिदिने र टेन्डर पारी काठसमेत मिलाइदिने प्रयोजनको लागि घुस रकम मागेको अख्तियारका सहायक प्रवक्ता मदन कोइरालाले जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्