जेठ ३१, काठमाण्डौ । यौन हिंसाको खुलासा अभियानमा मी टु आन्दोलनको एउटा चर्चित घटना किनारा लागेको छ । लोकप्रीय हलिउड अभिनेता नाना पाटेकरमाथि अभिनेत्री तनुश्री दत्ताले लगाएको यौन हिंसासम्बन्धि उजूरीमा मुम्बई प्रहरीले फाइल बन्द गरिदिएको छ ।
निकै चर्चामा आएको घटनाले बलिउड तात्तिएको थियो । प्रहरीले नानालाई क्लिन चिट दिएपछि तनुश्री आक्रोशित भएकी छिन् । प्रहरीलाई भ्रष्ट भन्दै यौन हिंसा जस्तो गम्भीर विषयमा परेको उजूरीलाई कमजोर बनाउन खोजेको आरोप लगाइन् । मी टु अभियानको मर्मतर्फ संकेत गर्दै यौन हिंसामा संलग्नबारे भविष्यमा बोल्न र कारबाहीको दायरामा ल्याउन आग्रह गरिन् । भविष्यमा कुनैपनि महिलाले यौन हिंसाको शिकार हुन नपरोस् भनेर समयमै त्यस्ता व्यक्ति विशेषबारे यथार्थ बाहिर ल्याउनुपर्नेमा तनुश्रीको जोड थियो ।
गत वर्ष तनुश्रीले नाना पाटेकरले आफूमाथि विगतमा अभद्र व्यवहार गरेको बताइन् । हर्न ओके प्लिज चलचित्रमा नानाले आफूमाथि यौन हिंसाका लागि गतिविधि गरेको आरोप लगाएकी थिइन् । उक्त घटनापछि तनुश्रीले फिल्म छाडेकी थिइन् ।