Logo

भूकम्प स्मृति पार्क अलपत्र



जेठ ३१, काठमाण्डौ ।  देवराज सुवेदी, रेडियो मेलम्ची । डेढ वर्षमा सम्पन्न गर्ने लक्ष्यका साथ सिलान्यास गरिएको भूकम्प स्मृति पार्क तीन वर्ष पूरा हुँदा समेत निर्माण कार्य सुरु भएको छैन । भूकम्प अनुसन्धान केन्द्रको रुपमा विकास गरिने पार्कको वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) समेत हुन नसक्दा निर्माण कार्य सुरु नभएको हो ।

झण्डै एक अर्ब लागतमा निर्माण हुने पार्क सम्बद्ध निकायले वेवास्ता गर्दा निर्माण हुन नसकेको हो । २०७२ सालको विनाशकारी भूकम्पबाट ज्यान गुुमाएकाहरुको स्मृतिमा चौतारा साँगाचोकगढी नगरपालिकास्थित दाह्रे गौडामा पार्कको शिलान्यास गरिएको थियो ।

सदरमुकाम चौतारास्थित भगवती सामुदायिक वनको ८३ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने गरि शिलान्यास गरिएको हो । तत्कालिन वन मन्त्री अग्नीप्रसाद सापकोटाले २०७३ जेठ २९ गते पार्कको शिलान्यास गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्