Logo

सुन्दर नगरले रोप्यो ९० विरुवा



काठमाडौं २ असार । सुन्दर नगर सुधार समितिले रुख रोपेको छ । मध्यपुर ठिमी नपा–३ भक्तपुरस्थित स्थापित सुन्दर नगर सुधार समिति र सह–प्रायोजक प्रोग्रेसिप फाईनान्स प्रा. लि.को संयुक्त संलग्नतामा ९० वटा विरुवाहरु रोपिएको हो ।

धुपी, कपुर, कल्की, सल्ला आदी जातका विरुवाहरु सुन्दर नगरलाई अझ सुन्दर बनाउँदै वातावरण पनि सफा र स्वच्छ राख्ने उद्देश्यले वृक्षारोपण गरिएको सुन्दर नगर सुधार समितिका अध्यक्ष भूवनचरण श्रेष्ठले जानकारी दिए ।
अध्यक्ष श्रेष्ठले भने– बृक्षारोपणले सुन्दर शहर निर्माणमा टेवा पुग्ने र सड्कको दृश्यावलोकन पनि राम्रो देखिने भएकाले बृक्षारोपाणमा जोड दिएका हौं ।

समितिकी कोषाध्यक्ष मीरा भट्टराईले सुधार समितिको पहिलो प्रयास भएपनि आगामी दिनमा पनि निरन्तरता दिँदै आफू बस्ने टोल, गाउँ र शहरलाई स्वच्छ वातावरण र हराभरा बनाउन कटिबद्ध भएर लाग्ने बचन दिईन ।
९६ औं विश्व वातावरण दिवस पारेर वृक्षारोपण गरिएको हो ।



प्रतिक्रिया दिनुहोस्