Logo

‘आन्दोलन रोकिदैन’



काठमाडौं, ३ असार । सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए ।
रिपोर्टर्स क्लब नेपालको साक्षात्कारमा बोल्दै आन्दोलनमा नेतृत्वदायी भूमिका खेलिरहेका बज्राचार्यले गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने,‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’ हजारौं वर्ष देखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको बताए । नेपालको इतिहासमा गैर राजनीतिक मुद्यामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धि विधेयक जनविरोधी भएकाले जनता उठेको बताए ।रिपोर्टर्स क्लब नेपालका अध्यक्ष ऋषि धमलाको सभापतित्वमा सम्पन्न साक्षात्कारमा बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको बताए । सरकारले जनताको चित्त दुखाएको बताए । भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले सरकार भूमाफियाबाट प्रभावित भएर गुठी विधेयक ल्याएको आरोप लगाए । गुठीको जग्गा कब्जामा लिन चलखेल भइआएकोमा सरकार सहयोगी बनेको बताए । सरकारले तत्काल गुठी विधेयक फिर्ता नलिए गम्भीर अवस्था आउने बताए । उनले भने,‘भूमाफियालाई फाइदा पुग्ने विधेयक तत्काल फिर्ता लिएमा सरकारको कल्याण हुन्छ ।’

गुठीको मूल मर्ममाथि प्रहार भएको बताए । गुठी विधेयकले काठमाडौं भित्र मात्र नभई बाहिर पनि प्रभाव पारेको बताए । गुठी संस्कृतिसँग जोडिएकाले सरकारले त्यसविरुद्ध गतिविधि चलाएको आरोप लगाए । नेपाली काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनको सभर्थन गरेको भन्दै जनताभन्दा माथि कोही हुन खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।



प्रतिक्रिया दिनुहोस्