Logo

कर्णालीमा जीप खस्यो, १० जना यात्रु बेपत्ता



हुम्ला : हुम्लाको खार्पुनाथ गाउँपालिका ५ को बेडुबीसुना जिउला र कैल्याबालुको बिचमा पर्ने सडकबाट जीप कर्णाली नदिमा खसेको छ। यात्रु लिएर खार्पुनाथको खार्पुदेखि पालिकाको केन्द्र रहेको याङचुबजार जान लागेको जीप सडकबाट २० मिटर तल कर्णाली नदिमा खस्दा जीपसहित १० जना यात्रु बेपत्ता भएका छन्।

लु १ ज ७१६६ जीप सडकबाट करिब २० मिटर तल कर्णाली नदीमा खसेको हो। बेपत्ता हुनेमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु हमाल शाही, जिप चालक सिमकोट ८ याङगुका मणि शाही, यात्रुहरु खार्पुनाथ ४ छिप्राका चन्द्र हमाल, खार्पुनाथ ४ नल्नाका नैनसिंह भण्डारी, खार्पुनाथ ५ याङचुका बसन्ती शाही, नन्ददेवी सिंह र गोकुल सुनार खार्पुनाथ १ पिउसकी कौरा दमाई उनका दुई वर्षीय छोरा र नाम नखुलेको ओल्डिङ मास्टर रहेको हुम्ला प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्