काठमाडौं, ५ असार । हाटबजार निर्माणका लागि संकलित रकम हिनामिना गरेको अभियोगमा दुई जनामाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्या दायर गरेको छ । बुधबार कृषि उपज तथा हाटबजार समिति मलेकपुर, सप्तरीका तकलिन अध्यक्ष मधुकर यादव र कोषाध्यक्ष विश्वप्रसाद यादवमाथि विशेष अदालतमा मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।
यादवद्वयले पशु हाटबजारका लागि संरचना निर्माण गर्ने भनी विभिन्न संस्था र श्रमदान समेतबाट गरी उठाएको रकम हिनामिना गरेका थिए । निर्माण गरेको संरचना व्यक्तिगत प्रयोजनका लागि हिनामिहना समेत गरेका थिए ।