सप्तरी, ५ असार । बोल्न नसक्ने महिलामाथि करणी गर्ने व्यक्तिलाई घाँस काट्न गएको बेलामा एक व्यक्तिले जर्बजस्ती करणी गरेका छन् । खड्क नगरपालिका ४ मा ती महिला आँपको बगैंचामा घाँस काट्न गएकी थिइन् ।
प्रहरीका अनुसार जर्बजस्ती करणीको खबर प्राप्त भएपछि अभियुक्त ४५ वर्षीय मुस्तकिम मियालाई बुधबार दिउँसो पक्राऊ गरिएको थियो । इलाका प्रहरी कार्यालय कडोरवनबाट खटिएको टोलीले मियालाई पक्राऊ गरेपछि उनीमाथि अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ । ३१ वर्षीय पीडित महिलाको स्वास्थ्य परीक्षण गरिएको छ ।