शरद रेग्मी : तुलसीपुर,अषाढ ५ । पश्चिम दाङको शान्तिनगर गाउपालिका बिगत पन्ध्र बर्षदेखि सञ्चार बिहिन भएको छ । गाउपालिकाको कार्यालय रहेको चिराघाट स्थित प्रङगनमा पुग्ने जो कोहिको मोवाईलमा समेत नमस्ते र एनसेलको टावरले काम नगर्दा सेवा ग्राहि मात्रै हैन जनप्रतिनिधि र कर्मचारी समेत सञ्चार बिहिन हुने गरेका छन ।
सञ्चारको युगमा समेत नागरिकहरु दशकौ दिखि सञ्चारबाट टाढाहुनु अत्यन्तै दुखद रहेको गाउपालिकाका अध्यक्ष कमानसिङ डागिले बताउनुभयो ।“ उहाले भन्नुभयो म निर्बा्चित भएर कार्यालय पुगेकै दिनबाट निरन्तर पहल गरिरहेको छु तर तुलसिपुरको टेलिकम कार्यालयले कुनै पनि सुनुवाइ गरेको छैन । जनप्रतिनिधिको कुरा त सुनुवाइ हुदैन भने आम नागरिकको पहुच कसरी बिस्तार हुन्छ अध्यक्ष डागिले प्रश्न गर्नुभयो ।
यो समस्या तुलसिपुरले समाधान गर्न नसकेपछि मैले यो भन्दा माथिल्लो निकायमा समेत जानकारी गराईसकेको छु अध्यक्ष डागिले भन्नुभयो । टेलिकम कार्यालयको बेवास्ताका कारण शान्ति नगरका बासिन्दा मात्रै हैन स्थानीय जनप्रतिनिधिहरु समेत रुष्ट बन्न पुगेका छन ।
“हामी सिफारिस लिन गाउपालिकामा आएका हौ भित्र आएपछि दुई वटै मोवाईलमा टावर देखिएन एकजना सेवाग्राही डिल्ली रेग्मीले भन्नुभयो “ । हामिले स्थानीय निर्वाचन पछि धेरै बिकासको अपेक्षा गरेका थियौं तर अहिले बिकासको अनुभुति कसैले पनि गर्न सक्ने अबस्था छैन रेग्मीले प्रतिकृया दिनुभयो ।
“शान्ति नगर गाउपालिका बाट अनेत्र टेलिफोन सम्पर्क गर्न कि त ठुलो घरको छतमा जानुपर्छ कि त जगलको ढिकमा पुग्नुपर्ने समस्या बर्षाै देखि बल्झिरहेको छ ।
गाउपालिकाका प्रमुख प्रसासकिय अधिकृत निमबहादुर केसीले युगबोध दैनिक सङग भन्नुभयो शान्तिनगर पुग्ने जोकोहिले पनि यस्तै समस्या भोग्नु परिरहेको छ ।
यता प्रमुख जिल्ला अधिकारी गोबिन्द रिजालले तत्काल शान्तिनगर गाउपालिकामा सञ्चारको पहुच बिस्तार गर्न टेलिकम कार्यालयलाई निर्देशन दिनुभएको छ । केही प्राबिधिक समस्याभए बिभागमा समन्वय गर्छु हैन भने क्षेत्र र स्थानीय कार्यालयले तत्कालै मोबाईल र टेलिफोन ब्यबस्थापन गर्नुपर्छ रिजालले भन्नुभयो “ ।
यता टेलिकम कार्यालय तुलसिपुरका बरिस्ठ ईन्जिनियर चन्दन झाले शान्तिनगरको समस्या समाधान गर्न आफुले क्षेत्रीय कार्यालय मार्फत जानकारी गराईसकेको बताउनुभयो ।उहाले उपकरणको अभावका कारण समस्याको हल गर्न नसकेको समेत कार्यालय प्रमुख झाले बताउनुभयो ।
चिराघाटमा सञ्चारको पहुच नहुदा नेपाल प्रहरीलाई समेत रिपोर्टिङ गर्न समस्या हुने गरेको चिराघाट चौकिका ईन्चार्ज भरतनाथ योगिले बताउनुभएको छ ।
चिराघाटको खाल्डोमा रहेको गाउपालिकाको कार्यालयको आफ्नै भवन नहुदा सेवाग्राहीलाई अर्काे समस्या पर्ने गरेको छ । हाल स्वास्थ चौकि भएको भवनमा गाउपालिकाको कार्यालय स्थापना गरेर काम अगाडि बढाईएको छ ।