Logo

आलापालो प्रधानमन्त्रीको सहमति भएको भए कार्यान्वयन हुनुपर्छ : पोखरेल



काठमाडौं, ६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद कृष्णभक्त पोखरेलले पार्टी अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच यदि आलोपालो सरकार सञ्चालनबारे सहमति भएको हो भने त्यसको पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन् ।

शुक्रबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘यदि सहमति भएको हो भने सरकारको नेतृत्व गर्ने कुरामा आलोपालो हुनुपर्छ । भएको सहमति कार्यान्वयन हुनुपर्छ । उहाँहरुबीच आलोपालो प्रधानमन्त्री बन्ने सहमतिको कुरा हाम्रो तहसम्म आईपुगेको छैन । यदि साँच्चिकै हो भने सहमतिको कार्यान्वयन हुनुपर्छ ।’ उनले अब प्रचण्ड प्रधानमन्त्री बन्न सक्ने पनि संभावना सुनाए । वर्तमान सरकार पूर्ण रुपमा सफल भएको पनि पोखरेलको दाबी छ ।

सरकार बनाउँदै गर्दा आफूहरुको काँधमा धेरै जिम्मेवारी रहेको सुनाउँदै उनले ती सबै जिम्मेवारीहरु वहन गर्दै यहाँसम्म आईपुगेको उनको भनाई छ । उनले भने,‘सरकारले पहिलो वर्ष आधार वर्ष बनायो । अब समृद्धिको यात्रा तय भैसकेको छ । सरकारले समृद्धि हाँसिल गर्छ । यो समृद्धिको यात्रामा हामी सबैसँग हातेमालो गर्दै अघि बढ्न चाहन्छौं ।’

उनले सरकारले विभिन्न विद्येयकहरु आवश्यक भएकोले अघि बढाएको सुनाउँदै गुठी विद्येयक पनि परिस्कृत गर्दै अघि बढाउने विश्वास दिलाए । प्रमुख विपक्षी दलले कुनै एजेण्डा वा मुद्दा नै चयन गर्न नसकेको पनि उनको आरोप थियो । कांग्रेसले संसदमा प्रधानमन्त्रीभन्दा पहिला बोल्न पाउनुपर्छ भनेर संसद अवरोध गरेको घट्नालाई उनले खेदजनक भएको टिप्पणी पनि गरे ।



प्रतिक्रिया दिनुहोस्