Logo

विज्ञापन वापत् घुस माग्ने इन्जिनियर पक्राऊ



काठमाडौं, ६ असार । विज्ञापन वापत्को कमिसन भन्दै घुस माग्ने सव-इन्जिनियर पक्राऊ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आायेगले बेलकोटगढी नगरपालिकाका सव इन्जिनियर बद्री भण्डारीलाई ३५ हजार घुससहित शुक्रबार पक्राऊ गरेको हो ।

अख्तियारका अनुसार बेलकोटगढी नगरपालिकाको विज्ञापन प्रकाशित गरेबापत ३५ हजार घुस मागी लिएका थिए । अख्तियार टोलीले उनलाई घुसवापत् रङ्गेहात पक्राऊ गरेको छ । भण्डारीमाथि छानविन भइरहेको अख्तियारले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्