Logo

रोमानियाली नागरिक एटीएमबाट पैसा चोरेर यसरी भागे



कठमाडौं, ६ असार । उनी फ्रड प्लाष्टिक म्याग्नेटिक कार्ड प्रयोग गर्थे । त्यसको प्रयोग गरी बैंकको एटिएमबाट पैसा निकाल्थे । बैंकमा यसरी पैसा झिकेको जानकारीमा आयो । तर, कस्ले यस्तो ग¥यो भनी खोजविन भयो ।

प्रहरीमा उजूरीपछि ३३ वर्षीय राजकुमार पाण्डे बिहिबार पक्राऊ परे । उनले राष्ट्रिय वाणिज्य बैंकको काठमाडौं उपत्यकास्थित विभिन्न एटीएम बुथबाट विभिन्न कार्डहरु प्रयोग गरी २० लाख रुपैयाँभन्दा बढी रकम झिकिसेका थिए । अनुसन्धानका क्रममा मुख्य अभियुक्तहरु रोमानियाली नगारिक भएको खुल्यो ।

पाण्डेले रोमानियाली नागरिकसँग मिलेर पैसा निकाल्ने र बाँड्ने गरेको खुल्यो । पाण्डे पक्राऊ परेपनि रोमानियाली नागरिक नेपाल छाडेर गइसकेका थिए ।

केन्द्रीय अनुसन्धन ब्यूरोको गहिरो अनुसन्धानपछि पक्राऊ परेका पाण्डेको साथबाट विभिन्न बैंकको डेबिड कार्ड, मास्टर कार्ड र भिषा कार्ड समेत गरी १२ थान मोबाइल, दुई थान ल्यापटप, छ लाख ८६ हजार नगद समेत बरामद भएको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्