Logo

रेशम चौधरीलाई १४ किलोको नेल लगाएपछि बाबुरामको यस्तो प्रतिक्रिया



काठमाण्डौ, असार ७ । निलम्बनमा परको सांसद रेशम चौधरी बिरामी परेपछि वीर अस्पताल भर्ना भएका छन ।सुरक्षाकर्मीसहित ८ जनाको ज्यान जानेगरी चार वर्षअघि भएको टीकापुर हत्याकाण्डमा जिल्ला अदालत कैलालीबाट दोषी ठहर भएर जेल जीवन बिताइरहेका चौधरीलाई बिमारी भएको कारण अस्पताल भर्ना गरिएको जनाइएको छ । चौधरी वीर अस्पतालमा पनि जेल सरह खुट्टामा १४ किलोले बनेको फलामको सिक्रीले बाँधियर उपचार गराई रहेका छन ।

प्रशासन भने सुरक्षाको कारण देखाउँदै सिक्री बाँधेको बताउदै आएको छ । फोक्सो र बोनम्यारोमा समस्या देखिएकाले अस्पतालमा भर्ना गरेर उपचार भइरहेको चौधरीका भाइले जनाएका छन ।नियमित जाँचका लागि अस्पताल आउने गरेका चौधरीलाई बिहीबार स्वाश फेर्न र हिँड्नसमेत अप्ठेरो भएपछि अस्पताल भर्ना गरिएको मिठुलाल चौधरीले बताए।

१५ महिनादेखि डिल्लीबजार कारागारमा जेल जीवन बिताइरहेका चौधरीलाई भेट्न समाजवादी पार्टी नेपालका अध्यक्ष डाक्टर बाबुराम भट्टराई वीर अस्पताल पुगेका छन ।चौधरीलाई भेट्दै गरेको तस्बिर सामाजिक सञ्जालमा राख्दै भट्टराई खरो प्रतिक्रिया जनाएका छन ।



प्रतिक्रिया दिनुहोस्