हेटौंडा, ८ असार । मकवानपुरका विभिन्न स्थानमा गाँजा खेतीबाट उत्पादन शुरु हुनथालेपछि प्रहरीले निगरानी र धरपकड चलाएको छ । मकवानपुरका विभिन्न गाउँहरुमा अवैध रुपमा हुनेगरेको गाँजा उत्पादनको कारोबारीहरु सक्रिय भएका छन् ।
गाउँ पुगेर गाँजा खरिद गर्न जानेहरुमाथि प्रहरीले निगरानी बढाइरहँदा शतिबार राति ३० केजी गाँजासहित तीन जना पक्राऊ परे । मनहरी गाउँपालिका गणेशधाराबाट रौतहटका सुरेश शाह र दिनेश जैशवाल पक्राऊ परेको प्रहरीले जनाएको छ ।
उनीहरुबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शाह र जैसवाल गाँजा व्यापारी हुन् या भरिया हुन् खुलाइएको छैन ।