काठमाडौं, ८ असार । खहरे र साना खोलाहरुमा तिव्र बहाबको उच्च सम्भावना देखिएको छ । विशेषगरी गण्डकी प्रदेश र कर्णाली प्रदेशका पहाडी चुरे क्षेत्रका खहरे खोलामा बहाब बढ्ने भएकाले तराई र पहाडका बेसीहरुमा सतर्कता अपनाउन भनिएको छ ।
गृह मन्त्रालयका अनुसार गण्डकी र कर्णाली प्रदेशको पहिलोग्रस्त क्षेत्रहरुमा लेदोसहित आकस्मिक बहावको सम्भावना रहेको छ । गृहले जोखिमयुक्त क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर बदली भई केही स्थानहरुमा वर्षा भइरहेको छ । आइतबार उच्च हिमाली भागहरुमा हिमपातको अनुमान गरिएको छ ।