लिच्ची खाँदा जति स्वादिष्ट छ उति घातक बनेको छ । भारतको विहारमा लिच्ची खाएर एक सय ९ बालबालिकाको मृत्यु भइसकेको छ ।
लिच्चीसँग सम्बन्धित वातावरणीय जीवविषले इन्सेफेलाइटिस हुँदा बालबालिकाको मृत्यु भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । इन्सेफेलाइटिसले मानिसको मस्तिष्कमा संक्रमण भई ज्यान जानसक्छ ।
इन्सेफेलाइटिसका कारण मुजफरपुरको अस्पतालमा रुवाबासी चलेको छ । संक्रमित बालबालिका च्यापेर बाबुआमा अस्पतालमा रुवाबासी गरिरहेको भारतीय सञ्चारमाध्यमहरुले प्रशारण गरेका छन् । उनीहरुले सहयोगको याचना गरिरहेका छन् ।
उपचार राम्रो नभएको भन्दै पीडित परिवारले विरोध प्रदर्शन समेत गरेका छन् । इन्सेफेलाइटिस गर्मी मौसममा बढी गर्मी हुने स्थानमा फैलने गर्छ । एक प्रकारको लामखुट्टेको टोकाईबाट हुने भनिएपनि लिच्चीबाट पनि इन्सेफेलाइटिसको संक्रमण हुने पत्ता लागेको छ ।