काठमाडौं, १० असार । अदुवा खेतीका लागि आएको रकम वास्तविक किसानलाई नदिई फर्जी किसानलाई दिएर रकम हिनामिना गर्ने अधिकृतसहित तीनजनामाथि मुद्या दायर गरिएको छ । उनीहरुमाथि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिगो बराबरको रकम र सजायसहित विशेष अदालतमा मङ्गलबार मुद्या दायर गरेको हो ।
मुद्या दायर गरिएकाहरुमा साना तथा मझौला कृषक आयस्तर वृद्धि आयोजना, नेपालगञ्जमा कार्यरत तत्कालीन अनुगमन तथा मूल्यांकन अधिकृत देवराज भुषाल, कृषि प्राविधिक मोतीप्रसाद न्यौपाने र कृषक समूहका अध्यक्ष रामकुमारी केसी छन् ।
उनीहरुले दैलेलको नारायण नगरपालिकाको कुइकानास्थित श्रीस्थान ताजा तरकारी कृषक समूहलाई अदुवा खेती गर्न प्राप्त भएको रकमको खेती नगरी कृषकहरुले पाउनुपर्ने रकम समेत नदिई खेती नै नगरेका कृषकहरुको भरपाइसमेतका नक्कली बिललगायत कागजात तयार गरी पाँच लाख सत्तहत्तर हजार तीन सय पचार रुपैयाँ अनियमितता गरेका थिए ।