काठमाडौं, ११ असार । समाजमा विभिन्न सामाजिक कार्यहरु गर्दै आएको यस बलु पाण्डे मंगल सेवा समाज संस्थाले न्यून आय भएका र सिप सिकेर भोलि ब्यबसाहिकरुपमा च्याउ खेती गर्न उत्साहित २३ जना महिला तथा पुरुषहरुलाई २ हप्ते निसुल्क च्याउ खेति तालिम प्रदान गरेको छ ।
उक्त तालिम कार्यक्रम जेष्ठ २८ गते देखि सुरु भएको थियो, कार्यक्रम उद्घाटन वडा प्रमुख चतुरमान गुरुङ ज्युले गर्नु भएको थियो भने कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष नबिन कुमार राना मगर ज्युले गर्नु भएको थियो । तालिमका प्रशिक्षक बिगत १० वर्ष देखि ब्यबसायिकरुपमा च्याउ खेति गर्दै आउनु भएका पश्चिम रामपुर निवासी बुद्दिमान तामांग हुनु हुन्थ्यो भने तालिमको संयोजक बलु पाण्डे मंगल सेवा समाज संस्थाका कोषाध्यक्ष तोरण दत्त सुबेदी हुनु हुन्थ्यो ।
यहि असर ९ गते समापन भएको तालिममा तालिम प्राप्त गरेकालाई नगद तथा प्रमाणपत्रले सम्मान गरिएको थियो। उक्त समापन कार्यक्रमका प्रमुख अतिथि वडाका पर्तिनिधी वडा सदस्य साबित्री देबकोटाले सम्पूर्ण सहभागीहरुलाई आफुले सिकेको सिपलाई सहि सदुपयोग गरेर आत्मनिर्भर बन्न सुझाब दिनु भयो। उहाँले समुहमा मिलेर काम गर्दा भोलि वडाबाट पनि सहयोगको लागि आफूले पनि पहल गर्ने कुराको जानकारी दिनु भयो। संस्थाका सस्थापक अध्यक्ष तथा संरक्षक बलराम बलु पाण्डेले तालिममा सहभागी सम्पूर्णलाई ब्यबसाहिकरुपमा च्याउ खेति गर्न संस्थाको तर्फबाट आवश्यक सहयोग गर्ने कुरालाई जोड दिदै भबिस्यमा फेरी पनि आय आर्जन बढाउने अन्य तालिमहरुको पनि व्यवस्था गर्ने जानकारी दिनु भयो। समापन कार्यक्रमको सभापति संस्थाका कोषाध्यक्ष तथा तालिम संयोजक तोरण दत्त सुबेदीले तालिममा सहभागी सम्पूर्णलाई तालिम अबधि भरि नियमितरुपमा आएर तालिम लिनु भएकोमा धन्यबाद दिदै भोलि ब्यबसाहिकरुपमा काम गर्दा आर्थिक समस्या परेमा संस्था मार्फत केहि सहयोग गर्न सकिने र तालिममा आफु अझै पोख्त भए जस्तो लाग्दैन भने फेरी पनि तालिमको लागि तालिम स्थल प्रशिक्षकको फाममा जानसकीने र केहि समस्या भएमा प्रशिक्षकलाई कुनै पनि समयमा भेट्न तथा सुझाब सल्लाह लिन सकिने कुरा गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।
प्रशिक्षार्थीको तर्फबाट संस्थाले तालिम लिने अवसर जुटाएर राम्रो काम गरेको र भबिष्यमा अझै राम्रो काम गर्दै जाहोस भन्ने सुभकामना कामना दिदै मायाको चिनो प्रदान गरेका थिए। त्यसरी नै प्रशिक्षकले पनि आफुहरुलाई २ हप्तामा राम्रो संग तालिम दिएर ब्यबसायी बनाउन ठुलो योगदान दिनु भएको भन्दै मायाको चिनोले सम्मान गरेका थिए ।कार्यक्रम संचालन संस्थाका सचिब मोहित जंग पाण्डेले गर्नु भएको थियो ।