काठमडौं, ११ असार । घुस लिएर लाइसेन्स बनाउने गिरोहमाथि अख्तियारले मुद्या दायर गरेको छ । लाइसेन्स बनाइदिने भन्दै ४० हजार घुस लिएपछि रङ्गेहात पक्राऊ परेका उनीहरुमाथि बुधबार मुद्या दायर गरिएको हो ।
अख्तियारका अनुसार घुस लिएको आरोपमा पक्राऊ परी मुद्या दायर गरिएकाहरुमा यातायात व्यवस्था कार्यालयका खरिदार सोमलाल तिवारी, जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्ककिा प्रहरी सहायक निरीक्षक केशरबहादुर राय मल्ल, हेभिइक्विपमेन्ट डिभिजन कार्यालय पोखराका अपरेटर कुमार लामिछाने र मेट्रो ड्राइभिङ स्कुलका संचालक खगेन्द्र प्रसाद काफ्ले छन् । उनीहरुले सेटिङ मिलाई सवारी अनुमति पत्र दिलाई घुस लिने गर्थे ।
अख्तियारले उनीहरुमाथि बिगो सहित कारबाहीका लागि विशेष अदालतमा आरोपत्र दायर गरेको जनाएको छ ।