काठमाडौं, १२ असार । १५ वर्षीया बालिकालाई ललाई फकाई कोठामा लगेर युवकले जर्बजस्ती करणी गरेका छन् । ३० वर्षीय छिरिदावा तामाङले चावहिलस्थित कोठामा लगेर बालिकालाई करणी गरेका थिए ।
प्रहरीका अनुसार तामाङलाई बुधबार साँझ पक्राऊ गरी अनुसन्धान भइरहेको छ । महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको टोलीले पक्राऊ गररेको हो ।
बालिका काम सकेर घर जान लाग्दा तामाङले फकाएर कोठमा लगेका थिए । उनले बलात्कार गरेपछि घटनाको जानकारी आफन्तलाई गराएकी थिइन् ।