काठमाडौं, असार १३ । जर्मनीका तानाशाह अडोल्फ हिटलर राम्रा चित्रकार पनि थिए भन्ने सबैलाई थाहा नै छ । राजनीति जत्तिकै चर्चा चित्रकारका रुपमा कमाउन नसकेपनि उनले बनाएको चित्र अहिले पनि करोडौंमा बिक्री भइरहेको छ ।
जर्मनीको न्युरेम्बर्गमा भएको लिलामबिक्रीमा उक्त चित्र करोडौ रुपैयाँमा बेचिएको थियो ।सन् १९१४ मा बनेको मानिने यो पेन्टिङलाई दुई जना बूढी दिदीबहिनीले बेच्न राखेका थिए । यो उनीहरुको दाइले सन् १९१६ मा खरिद गरेका थिए ।
चित्र एक लाख एकसठ्ठी हजार नेपाली करीब एक करोड साठीलाखभन्दा बढी अमेरिकी डलरमा बिक्री भएको थियो ।
बेच्ने संस्थाले यो चित्र अरब मुलुकको कुनै एक व्यक्तिले किनेका हुन् । उनले आफ्नो परिचय भने गोप्य राख्ने सहमतिमा उक्त चित्र खरिद गरेको समाचारहरुमा जनाइएको छ ।
लिलाम गर्ने संस्था विल्डरका निर्देशक क्याथरिन विल्डरले सो चित्रसँगै चित्र यसअघि बेचिएको रसिद पनि सँगै थियो ।
समाचार एजेन्सीहरुले जनाएअनुसार चित्रको बिक्रीबाट आएको रकमको १० प्रतिशत अशक्त बच्चाहरुको सहयोगमा खर्च गरिनेछ ।हिटलर सन् १९३३ देखि १९४५ को बीचमा जर्मनीको शासक रहेका थिए ।