Logo

एसइइ नतिजा : ग्रेडमा अन्योल, नतिजा खस्कियो (भिडियोसहित)



असार १३, काठमाण्डौ । एसइइको नतिजा सार्वजनिक भएसँगै विभिन्न टिका टिप्पणीहरु भइरहेका छन् ।

सरकारले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल नदेखिएको अधिकांशको विश्लेषण छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजामा १७ हजार ५८० विद्यार्थीले ‘ए प्लस’ ग्रेड ल्याएका छन् ।

परीक्षा नियन्त्रण कार्यालयकाअनुसार उनीहरू मध्ये निजी विद्यालयमा अध्ययन गरेका १४ हजार ७८८ छन् भने सामुदायिकका जम्मा २ हजार ७९२ जना छन् । जबकी सहभागी संख्या निजीको तुलनामा समुदायिकमा झण्डै तीन गुणा बढी छ ।

त्यसैगरी ग्रेडिङ प्रणालीमा नतिजा सार्वजनिक गर्दा पनि विद्यार्थी फेल भएसरह चर्चा हुने गरेको भन्दै कतिपयले असन्तुष्टी व्यक्त गरेका छन् ।

गत वर्षको तुलनामा जीपीएको मापदण्ड घटाउँदा पनि सामुदायिकको नतिजामा सुधार आउन नसकेको हो । यसवर्ष ३ः६० देखि ४ः०० जिपिए ल्याएकालाई ‘ए प्लस’ ग्रेड दिइएको छ । अघिल्लो वर्ष भने ‘ए प्लस’ ल्याउनका लागि न्यूनतम जीपीए ३ः६५ तोकिएको थियो । त्यस्तै ‘ए’ देखि ‘डी’ ग्रेड ल्याउन आवश्यक जीपीए गतवर्ष भन्दा ०.५ प्रतिशत घटाइएको छ ।

राष्ट्रिय परीक्षा बोर्डअन्तरगतको परीक्षा नियन्त्रण कार्यालयका प्रमुख विष्णु अधिकारी, निजी शैक्षिक संस्था संचालक रमेश सिलवाल र शिक्षाविद् प्रा.डा. विद्यानाथ कोइरालासँग एसइइको नतिजका विषयमा बहस गरिएको छ । प्राइम टाइम्स टेलिभिजनको कार्यक्रम जनता जान्न चाहन्छन्का लागि ऋषि धमलाले गरेको एसइइ विशेष बहस यहाँ प्रस्तुत गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्