Logo

ब्राजिल सेमिफाइनलमा



काठमाडौं, असार १३ । कोपा अमेरिका फुटबलको सेमिफाइनलमा ब्राजिलले आफ्नो स्थान सुरक्षित गरेकोे छ । नेपाली समय अनुसार आज बिहान भएको क्वाटरफानल अन्र्तगतको खेलमा पाराग्वेलाई टाइब्रेकरमा ४–३ ले पराजित गर्न सफल हुँदै अन्तिम चारमा स्थान पक्का गरेको हो ।

दुवै समुहले सम्म पटक– पटक गोल गर्ने प्रयास गरेपनि निर्धारित र थप गरिएको समय सम्म दुवै तर्फबाट गोल हुन सकेकोे थिएन । अन्तमा खेलको निर्णय टाइब्रेकरबाट लिइएको हो ।े पेनाल्टीमा पाराग्वेले तीन गोल मात्रै गर्न सकेकोे थियोे भने आयोजक ब्राजिलले चार गोल गर्दे आफ्नो यात्रालाई जारी राखेको छ ।

पेनाल्टीमा ब्राजिलका विलियन, माक्र्विन्होस, फिलिप कोन्टिन्हो र गाब्रिएल जिससले गोल गरे । तेस्रो नम्बरमा पेनाल्टी प्रहार गर्न आएका रोबर्टो फिरमिनोको प्रहार भने पाराग्वेका गोल रक्षकले रोके ।

पाराग्वेका आन रोड्रिग्वेज रोजस, ब्रुनो वाल्डेज र मिगुएल अल्मिरोनले गोल गरे । पाराग्वेका



प्रतिक्रिया दिनुहोस्