Logo

मोबाइलको प्रयोगले निम्त्याउँदै छ खतरा, बालबालिका जोखिममा(भिडियोसहित)



असार १३, काठमाण्डौ । पछिल्लो समय विश्वभर मोबाइलको प्रयोग अत्याधिक बढेको छ । सुचना प्रविधिको प्रयोगका क्रममा मोबाइल फोन अनिवार्य आवश्यकता जस्तै भइसकेको छ । तर यसको प्रयोगले पुर्याउने हानीका बारेमा भने कसैले पनि चासो दिएको पाइदैन । मोबाइलको अत्याधिक प्रयोगले मानव स्वास्थ्यमा पु¥याउने असर घातक बन्दै गएको छ ।

नेपालमा मोबाइलको प्रयोग दूर दराजसम्म फैलिएको छ । तथ्याङ्कलाई आधार मान्ने हो भने त नेपालको जनसंख्याभन्दा धेरै मोबाइल प्रयोगकर्ताको संख्या छ । मोबाइलको प्रयोगले मानव स्वास्थ्यमा पनि गम्भीर असर पार्ने गरेको छ । अहिले बालकदेखि वृद्धसम्मको हातमा मोबाइल हुन्छ । मोबाइलको प्रयोग फोनका लागि भन्दा बढि अनावश्यक गेम तथा एप्सहरुका लागि हुने गरेको छ । जसको प्रयोगले बालबालिकाको आँखामा समस्या हुने गरेको छ । लामो समयसम्म मोबाइल हेर्ने बानी परेका बालकालिकाहरुमा आँखाको समस्या देखिने गरेको छ ।

जसका कारण पछिल्लो समय अस्पतालहरुमा मोबाइल प्रयोगकै कारण आँखामा समस्या देखिएका विरामीको चाप बढ्न थालेको तिलगंगा आँखा अस्पतालकी चिकित्सक तथा नेत्र रोग विशेषज्ञ डा. योगिता राजभण्डारी बताउँछिन् ।

डा. योगिता राजभण्डारी, नेत्र विशेषज्ञ, तिलगंगा आँखा अस्पताल

मोबाइलबाट आउने ब्लु रेडिएसनले आँखाको पर्दामा असर गर्ने भएकाले अनावश्यक प्रयोग गर्न नहुने चिकित्सकको सुझाब छ । मोबाइल र कम्प्युटर जस्ता आँखालाई असर गर्ने साधनको प्रयोगमा कमी ल्याउने वा अनावश्यक प्रयोगलाई पूर्ण रुपमा नियन्त्रण गर्ने हो भने यस्ता समस्या भोग्न नपर्ने चिकित्सक बताउँछन् । लामो समय कम्प्युटर वा मोबाइल हेर्नु पर्ने बाध्यता भयो भने पनि हरेक २० मिनेटमा २० सेकेण्ड आराम गर्नुपर्ने डा. राजभण्डारीको सुझाब छ ।

मोबाइल फोनबाट निस्किने रेडिएशनले आँखा मात्रै नभै कानमा समेत समस्या आउने गर्दछ । पन्ध्र वर्ष भन्दा कम उमेर समुहका बालबलिकालाई मोबाइलफोन निषेध नै गर्नु उचित हुन्छ ।



प्रतिक्रिया दिनुहोस्