Logo

तालमुनी भेटियो ३४ सय वर्ष पुरानो दरबार



इराकको मोसुल बाँधले बनेको कृत्तिम तालमा प्राचीन दरबार भेटिएको छ । ३४ सय वर्ष पुरानो दरबार सुख्खाका कारण तालको पानी सुकेपछि देखिएको हो ।

टिग्रिस नदीको किनारमा पानी संकलन गर्नका लागि विशाल ताल निर्माण गरिएको छ । दरबार पत्ता लागेपछि प्राचीन मिट्टानी साम्राज्यबारे अध्ययन गर्न सहज हुने विश्वास गरिएको छ ।

अध्ययनबाट दरबार ६५ फिट अग्लो थियो भन्ने पत्ता लागेको छ । दरबारको पर्खाल दुई मिटर चौंडाईको थियो । दरबारको कोठा पक्की गरेर बनाइएको थियो । भित्ताहरु रातो र नीलो रङ्गले पोतिएको भेटिएको छ ।

दरबार वरिपरि पाँच सय मिटर क्षेत्र रहनुका साथै आसिशान भवनहरु, दरबार, सडक र चिहान समेत भेटिएको छ ।



प्रतिक्रिया दिनुहोस्