आयोजक फ्रान्समाथि दुई गोल गर्दै महिला विश्वकपको क्वाटरफाइनलमा अमेरिकाले अग्रता लिएको छ । सेमिफाइनलमा प्रवेशका लागि भएको प्रतिष्पर्धामा अमेरिकाका तर्फबाट मेगन रापिनोले खेलको पाचौं र ६४ औं मिनेटमा गोल गरेकी हुन् ।
उनले पहिलो र दोस्रो हाफमा गरी दुई गोलको अग्रता लिएपछि प्रतिष्पर्धा कडा भएको छ । महिला फुटबलको पावर हाउस अमेरिका उपाधिको मुख्य दाबेदारमध्येको हो । तस्वीरः Business Insider