मेगन रापिनोले दुई गोल गरी अमेरिकालाई महिला विश्वकप फुटबलको सेमिफाइनलमा पुर्याएकी छिन् । आयोजक फ्रान्समाथि एकका विरुद्ध दुई गोल गर्दै सेमिफाइनलमा स्थान पक्का गराएकी हुन् । शनिबार भएको क्वाटरफाइनलमा अमेरिकाका तर्फबाट खेलको पाचौं र ६४ औं मिनेटमा गोल गरेकी थिइन् ।
खेलको पहिलो हाफमा एक गोलको अग्रता लिएपछि प्रतिष्पर्धा कडा भएको थियो । दोस्रो हाफमा अमेरिकाले थप गोल गरेपनि फ्रान्सले बराबरीको प्रयास गरेको थियो । उसले अन्तिम समयतिर गोल गरेपनि खेल अमेरिकाको पक्षमा गयो ।
महिला फुटबलको पावर हाउस अमेरिका उपाधिको मुख्य दाबेदारमध्येको हो ।