महिला विश्वकप फुटबलको क्वाटरफाइनल खेलमा नेदरल्याण्डले इटालीमाथि दुई गोल गरेको छ । शनिबार साँझ भइरहेको खेलमा नेदरल्यान्डका लागि मिडेमाले ७० औं मिनेटमा गोल गरिन् ।
पहिलो हाफ बराबरीमा टुंगिएको खेलको ८० औं मिनेटमा भान डेर ग्रागटले गोल गरी टोलीलाई अग्रता दिलाइन् ।
फ्रान्समा जारी विश्वकपमा आजको विजेता टोलीले स्वीडेन र जर्मनीमध्येको विजेतासँग खेल्नेछ । यसअघि अमेरिका र इंग्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरिसकेका छन् ।