अमेरिकी फुटबल स्टान मेगानो रेपिनो खेल, स्टाइल र अभिव्यक्ति तीनै कारणले चर्चाको शिखरमा छिन् । उनले जारी महिला विश्वकप फुटबल मा पाँच गोल गरिसकेकी छिन् ।
अमेरिकालाई सेमिफाइनलमा पुर्याउन आयोजक फ्रान्सविरुद्ध उनले दुई गोल गरिन् । उक्त खेल अगाडि मात्र उनले टोलीले विश्वकप जितेपछि ह्वाइट हाउसमा निम्तो गरियो भने नजाने घोषणा गरेकी थिइन् ।
रेपिनोको अभिव्यक्ति लगत्तै ट्रम्पले बोल्नु अघि विश्वकप जित्नुपर्ने ट्वीट गरे । उनले अर्को ट्वीटमा खेल जितेपनि हारेपनि रेपिनोसहितको टोलीलाई ह्वाइट हाउसमा बोलाउने घोषणा गरिसकेका छन् ।
ट्रम्पले अमेरिकी राष्ट्रिय महिला फुटबल खेलाडीलाई ह्वाइट हाउस बोलाउँदा जालिन् कि नजालिन् ? अब प्रतिक्षाको विषय बनेको छ ।