Logo

आईफा अवार्डबारे मन्त्रीले मुख खोले, पत्रकारमाथि भरोसा छैन !



काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले आइफा अवार्डको लागि सरकारले बजेट नछुट्याएको स्पष्ट पारेका छन् । सरकारले उक्त अवार्ड नेपालमा गर्न दिने निर्णय गरेको भएपनि बजेट नछुट्याएको पनि उनले स्पष्ट पारे ।

सोमबार चलचित्र विकास बोर्डको १९ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन् । आइफालेमात्रै नभएर हलिउडले पनि नेपालमा कार्यक्रम गर्ने प्रस्ताव ल्याए सरकार सकारात्मक हुने उनले जनाए ।

उनले आइफा नेपालमा आयोजना गर्दा देशलाई घाटा नहुने भन्दै देशकै प्रचारप्रसारमा सहयोग पुग्ने पनि दाबी गरे । मिडिया र सञ्चारकर्मीको कडा आलोचना गर्दै उनले पत्रकारहरुमाथि भरोसा नै हुन छाडेको बताए । ‘पत्रकारमाथि भरोसा नै हुन छाड्यो । आफूले बोलेको कुरा आफैं रेकर्ड राख्नुपर्ने भयो’ उनले भने, ‘पत्रकारको समाचार लेख्ने ढंग छैन।’ यस्तै मन्त्री बास्कोटाले विदेशी च्यानलमा क्लिनफिड लगाएरै छाड्ने पनि उद्घोष गरे ।



प्रतिक्रिया दिनुहोस्