Logo

आमाको हत्या गर्ने जङ्गबहादुर



सप्तरी, २० असार । त्रेता युगमा पशुरामले बाबुको आदेशमा आफ्नी आमाको हत्या गरेका थिए । तर, आदेश दिने बाबुले नै आमा रेणुकालाई पछि जिवित बनाइदिएका थिए । आफ्नै आमाको हत्या गर्ने हाम्रो समाजमा सोच्न पनि सकिदैन । तर, सप्तरीमा एक युवकले आफ्नै आमाको हत्या गरेका छन् ।

सुरुङ्गा चह बस्ने ३० वर्षीय जङ्गबहादुरले बिहिबार खुकुरी प्रहार गरी आमाको हत्या गरेका हुन् । ६० वर्षीया आमा धनमायाँ पुलामीको खुकुरी प्रहारबाट घटनास्थलमै मृत्यु भएको थियो ।

 

घटनालगत्तै इलाका प्रहरी कार्यालय भेडियाबाट खटिएको प्रहरी टोलीले जङ्गबहादुरलाई पक्राउ गरेको छ । उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्