Logo

ओली–दाहाल–भट्टराईबीच पिएचडी जुहारी



असार २०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भाषण जहिलेपनि चर्चा र आलोचनाको विषय बन्ने गरेको छ । उखान टुक्का र विभिन्न कथाहरु सुनाउदै भाषण गर्ने प्रधानमन्त्री ओलीको शैली र प्रयोग गर्ने शब्दहरु निकै चोटिला हुने गर्दछ । शुक्रबार प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहालले पूर्व प्रधानमन्त्री डां बाबुराम भट्टराईप्रति लक्क्षित गर्दै प्रहार गरेका केही शब्दहरुको प्रसंगले पनि चर्चा पाएको छ ।

प्रधानमन्त्री ओलीले शुक्रबार पार्टी कार्यलय धुम्बाराहीमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधनका क्रममा पूर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालमा अध्यक्ष डा. बाबुराम भट्टराई कटाक्ष गर्नुभयो । अहिले यो विषयले समाजिक संजालदेखि सवैतिर चर्चा पाइरहेको छ ।

सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले आफ्नो पार्टीमा प्रवेश गरेका नेता कार्यकर्तालाई स्वागत गर्दै भट्टराईप्रति व्यङ्ग्य गर्नुभएको थियो । प्रधानमन्त्री ओलीले भ्यागुताको कथा सुनाउदै भट्टराईलाई दुई तिहाइ अटेको कम्यूनिष्ट पार्टीमा बाबुराम भट्टराई मात्र नभई सिंगो समाजवादी पार्टी पनि अट्न सक्ने तर्क गर्नुभएको थियो ।

यसको जवाफमा भट्टराईले टुइटरमा लेखेको छन्–‘हाम्रो पालामा तीन कक्षामा पढाइने घमण्डी भ्यागुतोको कथा हालेर प्रधानमन्त्रीले श्रोताहरूलाई हँसाउनुभएछ, त्यो सँगै निदुली नाम गरेका बाहुन कसरी काकताली परेर ठूलो ज्योतिषी कहलिन पुगेका थिए भन्ने कथा पनि सुनाइदिएको भए अझ ठूलो हाँसो फुट्थ्यो कि !’

गुण्डा नाइके भनेर चिनिएका दिपक मनाङ्गे अर्थात राजिव गुरुङ नेकपामा प्रवेश गरेको भोलिपल्ट डा. भट्टराई निकट मानिने केही नेताहरु पनि नेकपामा प्रवेश गरेका थिए । तिनै नेताहरुलाई प्रवेश गराउन आयोजित कार्यक्रममा नेकपा अध्यक्ष पुष्पकमल दाहालले पनि डा.भट्टराईलाई नेकपामा आउन सुझाब दिएका थिए । डा. भट्टराईको बौद्धिकताको अहिले सदुपयोग हुन नसकेको दाहालको तर्क थियो ।

दाहाललाई पनि डा. भट्टराईले राम्रै जवाफ दिए । डा.भट्टराईले टव्ीटरमार्फत कमरेड दिपक मनांगे जस्ता बौद्धिक भएको कमाउनिष्ट पार्टीमा अरु बौद्धिकहरु पनि आवश्यक पर्छ र ? भन्दै व्याङ्ग्यात्मक प्रश्न गरे । देश बनाउछु भनेर राजनीतिमा लागेका शीर्ष नेताहरुबीच नै यसरी हल्का टिप्पणी भइरहँदा जनताले के अपेक्षा गर्ने ?



प्रतिक्रिया दिनुहोस्