काठमाडौं, २२ असार । शिव पुराणमा कार्य, व्यवहार र सोचद्धारा गरिएको १२ पापबारे वर्णित गरिएको छ, जसमा भगवान शिवले कहिल्ये क्षमा गर्न नसक्ने बताइएको छ । यस्ता व्यक्ति सँधै शिवको क्रोधको शिकार बन्ने र कहिल्यै जीवन सुखी हुँदैन भन्ने विश्वास गरिन्छ ।
१। अर्काको पति वा पत्नीलाई नराम्रो नजर लगाउँनु वा उसलाई पाउँने इच्छा गर्नु पापको श्रेणीमा राखिएको छ ।
२। अर्काको सम्पति आफ्नो बनाउँने चाहाना राख्नु ।
३। कुनै सोझो–सादा व्यक्तिलाई कष्ट दिनु, उसलाई नोक्सान पुर्याउँनु वा धन–सम्पति लुट्ने आदि गर्नु कुनै पनि हालमा माफिको योग्य नहुने बताइन्छ ।
४। राम्रो कुरालाई बिर्सेर नराम्रो बाटो पछ्याउँनु पनि पाप हो ।
५। कुनै पनि गर्भवती महिलालाई नराम्रो बचन लगाउँनु वा आफ्नो कुराले उसको चित्त दखाउँनु पाप मानिन्छ ।
६। कसैको आत्मासम्मानलाई हानि पुर्याउँने नियतले झूटो बोल्नु ‘छल’को श्रेणीमा राखिएको छ ।
७। समाजमा कसैको सम्मानमाथि हानि पुर्याउँने नियतले वा उसको पछिबाट कुरा काट्ने वा अफवाह फैलाउनु पनि क्षमा दिन नसकिने पाप हो ।
८। धर्मले नकारेको चीज खानु वा धर्म विपरित काम गर्नु कुनै पनि हालमा व्यक्तिका लागि स्वीकार्य हुँदैन ।
९। बच्चा तथा महिला वा अरु कोही पनि कमजोर जीवलाई हिंसा र असामाजिक कार्यमा संलग्न मानिसलाई पापको भागिदार मानिन्छ ।
१०। गलत तरिकाले अर्कोको सम्पति हडप्नु, ब्राम्हण व मन्दिरको चीज चोर्नेलाई पनि पापको श्रेणीमा राखिएको छ ।
११। गुरु, माता–पिता, पत्नी वा पूर्वजहरुको अपमान भूलेर पनि नगर्नुहोस् ।
१२। मदिरा सेवन गर्नु, गुरुको पत्नीसँग सम्बन्ध बनाउँनु, दान दिइएको सामान फिर्ता ल्याउँनु महापाप मानिन्छ ।