काठमाडौं, २३ असार । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले अर्थतन्त्रलाई ठिक ठाउँमा राख्नको लागि व्याजदर स्थायित्व हुनैपर्ने सुझाव दिएकी छिन् । उनले निजी क्षेत्रलाई साथमा नलिएसम्म ८.५५ को आर्थिक वृद्धिदर हासिल गर्न नसकिने पनि बताएकी छन् ।
आगामी मौद्रिक नीतिका सम्बन्धमा राय–सुझाव लिन राष्ट्र बैंकले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएकी हुन । राणाले भनिन्, निजी क्षेत्रसँग सहकार्य गरेर मात्र सरकारले आफ्नो आर्थिक वृद्धिको लक्ष्य प्राप्त गर्न सक्छ ।’ त्यस्तै उनले ब्याजदर निकै महँगो भएकाले उद्योगधन्दा थला पर्ने अवस्था उत्पन्न भएको पनि टिप्पणी गरेकी थिईन् ।
ब्याजदर स्थायित्व कायम गर्न स्प्रेड दर घटाएर ३५ मा सीमित गरिनुपर्ने उनको सुझाव छ । बैंकहरुले कर्जा प्रवाह गर्दा ब्याजदरमा जोड्ने प्रिमियमदर पनि महँगो भएको राणाको भनाई छ ।
तस्विर : मुकुन्द कालिकोटे/ रिपोर्टर्स नेपाल डटकम