Logo

मदन भण्डारीको जबज र जनताको जनवादमा कुनै फरक छैन !



असार २३, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लामो रस्साकस्सीपछि जनताको जनवादलाई अगाल्ने निर्णय गरेको छ । राजनीतिक प्रतिवेदन प्रकाशन गर्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीचको सहमतिमा तत्कालिन नेकपाले पछ्याइरहेको जनताको बहुदलिय जनबादबाट, जनताको जनवाद मात्रै अगाल्ने भएको हो । यससगै मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलिय जनबाद संसोधन भएको छ ।

तत्कालिन नेकपा एमाले र तत्कालिन माओवादी केन्द्रबिच एकिकरण भएसगै बनेको नेकपाले कुन नितीलाई अंगाल्दै अगाडि बढ्छ होला भन्नेमा धेरैको कौतुहलता थियो । जनताको बहुदलीय जनवाद तथा जनयुद्ध जस्ता शब्द र कतिपय राजनीतिक कार्यदिशाका विषयमा नेकपाको सहमति जुटेको थिएन ।

पछिल्लो समयमा पार्टीमा जनताको बहुदलीय जनवाद कि जनताको जनवाद भन्ने बहस चलेको थियो । तत्कालिन नेकपाले मदन भण्डारीले सुरुवात गरेको जनताको बहुदलीय जनवदलाई अगाल्दै आएको समयमा पार्टी एकिकरण भएपछी पनि त्यही नीतीलाई अङाल्ने तयारी तत्कालिन एमालेको थियो । यता तत्कालिन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनताको जनवादी कार्यक्रमसहित अघि बढ्ने गरी तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको हो भन्ने कुरा बारम्बार दोहोर्याइरहेका थिए ।

अन्तत नेकपाले मदन भण्डारीको जनताको बहुदलिय जनवादलाई नेकपाले परिमार्जन गर्दै जनताको जनवादलाई पछ्याउने निर्णय गरेको हो । तत्कालिन एमालेको पाँचौ राष्ट्रिय महाधिवेशनबाट नेपाली क्रान्तिको कार्यक्रममा रुपमा जनताको वहुदलीय जनवाद पारित भएको करीब २६ वर्ष पुरा हुन थालेको छ । यतिन्जेलसम्म मानिरहेको जनवादलाई परिवर्तन गरेसङै धेरै थरी प्रश्नहरु उब्जिन थालेका छन ।

जनताको बहुदलिय जनवद नै अहिलेको अवस्थामा ठीक भएको भनेर कतिपयले जनताको जनवादले एकाधिकार चलाऊन खोजेको जस्तो देखिने भनेर आलोचना गर्न थालेका छन । राजनीतिज्ञ राधाकृष्ण मैनालीले जनताको बहुदलिय जनवाद् र जनताको जनवाद् भनेको गुट चलाऊने एउटा राजनीतिक हतियार भएको कम्युनिष्ट नेता राधाकृष्ण मैनालीको तर्क छ ।

पञ्चायती शासन व्यवस्थाबाट मुुलुकमा बहुदल आएसंगै, तत्कालिन एमालेले पनि कार्यदिशामाब हुदलीय शब्द राखेको थियो । अहिले जनताको बहुदलिय जनवादबाट एकाएक बहुदलिय शब्द हटाएसङै आम सर्वसाधारणलाई पनि नेकपाले एकलौटी शासन गर्न खोजेको भन्ने बुझ्न थालेका छन । तर अहिले त्यो शब्द हटाइँदा जनताको बहुदलीय जनवादमा भएका सबैकुरा, जनताको जनवादमा समावेश भएको भन्दै त्यसको अन्तर्वस्तु उस्तै भएकाले परिवर्तन गर्दा खासै फरक नुहने नेता बेदुराम भुसालको तर्क छ ।

राजनीति बृत्तमा बिश्व कम्युनिष्ट आन्दोलनको नबिन प्रयोगका रुपमा आएको जनताको बहुदलिय जनबादको औचित्य अहिले पनि उत्तीकै महत्वपूर्ण रहेको बताईन्छ । गणतन्त्र स्थापना, समावेशी समानुपातीक प्रतिनिधित्वको ब्यवस्था तथा संघीय संरचना निर्माणमा जनताको जनबादको पनि ठूलो योगदान रहेको धेरैको बुझाई छ ।

यसअघि विभिन्न शिद्धान्त अवलम्बन गरेका दलहरुले सरकार चलाएपनि जनताको जीवनस्तरमा खासै परिवर्तन आउन सकेको छैन । यसैले नेकपाले अघि सारेको कार्यदिशा ‘जनताको जनवाद’ को कार्यान्वयन पक्ष र यसले मुलुकले नयाँ परिवर्तन पाउँछ कि पाउँदैन ? त्यो भने हेर्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस्