Logo

‘हामी तर्सनुपर्ने अवस्था छैन्’ : मन्त्री ज्ञवाली



काठमाडौं, २४ असार । परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले वर्तमान सरकार समग्रमा ठीक बाटोबाट अगाडि बढिरहेको दाबी गरेका छन् । काठमाडौंमा आज आयोजित एक कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । उनले भने,‘हामी अहिले ठीक बाटोबाट अगाडि बढिरहेका छौं ।’

ज्ञवालीले आफूहरुले आफ्नो देशको हितमा कुरा गर्दा अरुको अहित नहुने तर्क गरे । उनले कुनैपनि देश जति शक्तिशाली भएपनि एक्लैले केही पनि गर्न नसक्ने सुनाए । उनले भने,‘एक अर्को देशको सम्बन्धको राम्रो प्रयास नै कुटनीति हो । हामी त्यही अभ्यास गर्दैछौं ।’

सरकार अहिले मुलुकको आर्थिक विकास र समृद्धिको लागि आर्थिक बाटोबाट नै अघि बढिरहेको पनि ज्ञवालीले विश्वास दिलाए । आफूहरुको सबै मित्रराष्ट्रहरुसँग मित्रताबाहेक अरु कुनै स्वार्थ नरहेको पनि ज्ञवालीले स्पष्ट पारे । उनले भने,‘अहिले हामी तर्सनुपर्ने कुनै अवस्था छैन ।’

तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्