Logo

विषादी परीक्षण रोक्न भारतीय दूतावासको पत्र आउनु सामान्यः सरकार



काठमाडौं २५ असार । सरकार प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले तरकारी तथा फलफूलको विषादी परीक्षण स्थगित गर्न भारतीय दूतावासबाट सरकारलाई पत्र आएको स्वीकार गरेका छन् ।

सिंहदरबारमा मंगलबार बसेको मन्त्रिपरिषद् बैठकपछि बाँस्कोटाले दुई देशका सरकारबीच पत्र आउजाउ हुने कुरा स्वाभाविक भएकोले त्यसलाई अन्यथा लिन नहुने बताए ।

‘सीमा जोडिएका दुई मुलुकबीच आआफ्नो इन्ट्रेस्टका विषय हुन्छन् । दुई सरकारबीच पत्रहरु आउने÷जाने चलिरहन्छ’ बाँस्कोटाले भने, त्यस्ता विषयमा हुने पत्रको आदानप्रदानलाई सरकारले स्वाभाविक रुपमा लिएको छ ।



प्रतिक्रिया दिनुहोस्