Logo

खोलाहरुमा एक्कासी बाढी आउन सक्ने, कहाँ कहाँ छ खतरा



काठमाडौं, २५ असार । देशका साना खोलाहरुमा एक्कासी बाढी आउने खतरा औल्याइएको छ । अविरल वर्षाका कारण चितवन, नवलपरासी, कपिलवस्तु, रुपन्देही, दाङ, बाँके, बर्दियालगायत आसपासका जिल्लाबाट बहने केही साना खोलाहरुमा एक्कासी बाढी आउनसक्ने बाढी सूचना केन्द्रले जनाएको छ ।

२५ असारको विहान सूचना जारी गर्दै केन्द्रले राजमार्गमा रातको समयमा यात्रा गर्दा सतर्कता अपनाउन भनेको छ ।

देशका अधिकांश स्थानहरुमा अविरल वर्षा भइरहेकाले बाढीको खतरा बढेको छ । तराईका केही जिल्लाहरुमा डुबान भएको छ ।



प्रतिक्रिया दिनुहोस्