Logo

विप्लव–प्रहरी मुठभेड : कताँ जाँदैछ देश ? अर्को जनयुद्धको त्रास !



असार २६, काठमाण्डौ । बुधबार विहान भोजपुरको शनिबारेमा प्रतिबन्धित विप्लव समूह र प्रहरीको मुटभेडमा प्रहरी सहित २ जनाको मृत्यु भयो । यो घटनाले नेपाली राजनिति वृतमा र समग्र मुलुकभर  त्रासपुर्ण तरंग पैदा गराएको छ । विगतमा १० बर्ष जनयुद्धको पिडा खेपेका आम जनता विद्रोही समुहबाट सुरक्षाकर्मीकै मृत्यु हुने अवस्थासम्म पुग्दा समेत राज्य पक्ष गंम्भिर नभएको भन्दै सरकारको थप आलोचना बढेको छ ।

बुधबार नेत्रविक्रम चन्द विप्लव समुह र प्रहरीविच दोहोरोभिडन्तमा प्रहरीकै मृत्युभएको घटनाले राज्यलाई नै विप्लव समुहबाट सुरक्षा चुनौती थपिएको विश्लेषण हुन थालेको हो । सरकारले गत चैतभित्र वार्तामा आउन भन्दै विप्पलव समुहलाई प्रतिबन्धित गरेपछि,विप्लव समुहले पनि सोही समयसिमा दिदै प्रतिवन्ध हटाउन अल्टिमेटम दिएका थिए ।

त्यो संगै सरकार विप्लव समुहविच बढेको दुरी अहिले झन् बढ्दै गएको छ । मुलुकमा सुरक्षाकर्मी मृत्यु हुने घटनासम्म भइसक्दा समेत राज्य जिम्मेवार नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गर्न थालेका छन । समयमै राज्यले विप्लव समुहलाई वार्तामा नल्याइ बदलापुर्ण तरिकाबाट अघि बढे भविश्यामा थप गंम्भिर घटना बढ्न सक्ने संम्भावना रहेको भन्दै सरकार गंम्भिर हुनुपर्ने नेपाल प्रहरीका पुर्व डिआइजी हेमन्त मल्लको तर्क छ ।

नेपाल प्रहरीले भने मुलुकको सुरक्षास्थितीलाई ध्यानमा राख्दै सुरक्षा सर्तकता बढाइएको दावी गरेको छ । केही घटना हुँदैमा आमजनता त्रसित हुनुपर्ने अवस्था नरहेको प्रहरीका सहायक प्रवक्ता रमेश थापा बताउँछन् ।

हालसम्म प्रहरी मुडभेडमा विप्लवसमुहका ३ जनाको मृत्यु भएको छ । प्रहरीतर्फ हताहत भएको यो पहिला घटना हो । यसअघि गत जेठ ७ गते प्रहरीको गोली लागि विप्लव समूहका कार्यकर्ता तीर्थराज घिमिरेको मृत्यु भएको थियो ।

गत असार ५ गते विप्लव समुहका सलार्ही इन्जार्च कुमार पौडेलको प्रहरी मुठभेडमा मृत्यु भएको थियो । बुधबार भोजपुरको घटनाले नेपाल प्रहरीलाई मात्रै होइन समग्र राज्यमाथि नै सुरक्षा चुनौती भने अवस्य बढाएको छ । यस्ता विषयमा सरकार गंम्भिर हुनैपर्छ र समस्याको समाधानको लागि उचित वातावरण तय गर्नु जरुरी छ ।



प्रतिक्रिया दिनुहोस्