Logo

चिनी मिल मालिक अग्रवाललाई तत्काल पक्राउ गर्न निर्देशन



काठमाडौं । सर्लाहीमा रहेको चिनी मिल अन्नपूर्ण सुगर मिलका मालिक राकेश अग्रवालले उखु किसानहरुको लाखौं रकम नदिएकोले तत्काल उनलाई पक्राउ गर्न आदेश दिएको छ । सर्लाहीका मनोजकुमार झा र तुलसी रायको अहिलेसम्म पाउनुपर्ने पचास पचास लाख रकम अहिलेसम्म भुक्तानी नदिएको भन्दै अग्रवालमाथि उजुरी परेको छ ।

उद्योग, वाणिज्य तथा आपुर्तिमन्त्रत्री मातृका प्रसाद यादवले अग्रवाललाई तत्काल पक्राउ गरि कारबाही गर्न गृह मन्त्रालयलाई आग्रह गरिसकिएको जनाएका छन् । मन्त्री यादवले पत्रकार ऋषि धमलासँग कुरा गर्दै भने,‘अग्रवाल किसानमारा हो । मैले उसलाई तत्काल जेल हाल्नको लागि गृहलाई आग्रह गरिसकेको छु ।’



प्रतिक्रिया दिनुहोस्