काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई ललितपुरमा दुव्र्यवहारको प्रयास भएको छ । उनलाई एक कार्यक्रममा जाँदा कालोझण्डा देखाइएको हो । आदिवासी जनजाति युवा विद्यार्थीले ललितपुरको जावलाखेलमा मन्त्री पण्डितलाई कालोझण्डा देखाएका हुन् ।
शुक्रबार बिहान आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको १९ औं सञ्चालक परिषद् बैठकको अध्यक्षता गर्न मन्त्री पण्डित कार्यक्रमस्थलमा पुगेका थिए । लोकसेवाको विज्ञापन खारेज हुनुपर्ने लगायतका माग राख्दै मन्त्रीको विरोधमा नाराकाजी समेत भएको थियो ।