Logo

बाढीका कारण काठमाडौं आउने सवारी घुर्मी बजारमै रोकिए



काठमाडौं । उदयपुर र सिन्धुलीको सीमानामा पर्ने बादुरा खोलाको बाढीका कारण काठमाडौंतर्फ आउने सवारी घुर्मी बजारमै रोकिएका छन् ।

यस्तै, हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली हुदै काठमाडौं आउने सडक पनि अबरुद्ध भएको छ । इन्द्रसरोबर गाउँपालिका वडा नं. २ र ३ का विभिन्न स्थानमा पहिरो गएर फाखेल फर्पिङ भएर काठमाडौं आउने सडक अवरुद्ध भएकोे फर्पिङ प्रहरी चौकीले जनाएको छ ।

पहिरो पन्छाएर बाटो खोल्ने प्रयास भइरहेको छ । यस्तै रुपन्देहीस्थित पाल्पा बुटबल सडकखण्डअन्तर्गतको सिद्धबाबामा पहिरो खसेपछि अबरुद्ध भएको सडक भने सुचारु भएको छ ।



प्रतिक्रिया दिनुहोस्