काठमाडौं, २८ असार । सोमालियाको एउटा होटलमा भएको आत्मघाती बम आक्रमणमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।
मृत्यु भएका मध्ये धेरै विदेशी नागरिक रहेका अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । घटनामा परी अरु ५६ जना घाइते भएका छन् ।
देशको दक्षिणी क्षेत्रमा रहेको चर्चित तथा लोकप्रिय होटलमा भएको यो आक्रमणको अल सबाबका लडाकूहरुले गरेको दाबी गरिएको छ ।
मृत्यु भएका मध्ये तीन केन्याली, एक क्यानाडाली, एक बेलायती, दुई अमेरिकी र तीन तान्जानीयाली नागरिक रहेका अधिकारीहरुले जनाएका छन् ।
घटनामा परी दुई जना पत्रकारको पनि मृत्यु भएको पत्रकार सम्वन्धी संगठनले पुष्टि गरेको छ । त्यसैगरी घाइते भएका मध्ये दुई जना चिनियाँ नागरिक रहेका क्षेत्रीय अध्यक्ष अहमद मोहमद इस्लामले पत्रकारहरुलाई जानकारी दिनुभयो ।
आक्रमणमा चार जना संलग्न भएको अधिकारीहरुले बताएका छन् । विस्फोटन धेरै ठूलो भएको प्रत्यक्षदर्शीको भनाई छ ।एजेन्सी