काठमाडौं, २८ असार । प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रीहरुको कामकारबाहीबाट असन्तुष्ट भएका छन् । मन्त्रिहरु प्रचारमुखी मात्र भएको तर काम गर्न नसकेको गुनासाहरु बालुवाटारमा पुग्न थालेपछि ओली व्यापक हेरफेरको निर्णयमा पुगेका हुन् ।
मन्त्रिहरुको समिक्षा गर्दा प्रायः कोही पनि प्रभावकारी हुन सकेका छैनन् । कर्मचारीतन्त्रले असहयोग गर्यो भन्दै बालुवाटारसम्म मन्त्रीहरुको गुनासो मात्र पुग्ने गरेबाट ओली र उनका निकटस्थहरु असन्तुष्ट बनेका छन् । काममा भन्दा प्रचारमा अधिकांश मन्त्रीहरु सक्रिय रहेको जानकारी ओलीसम्म पुगिरहेको छ ।
आर्थिक वर्षको अन्त कुरेर बसेका ओलीले साउन लाग्नवित्तिकै आश्चर्यजनक तरिकाले मन्त्रीहरुमा हेरफेर गर्ने तयारी गरेको उनी निकटस्थले रिपोर्टर्स नेपाललाई बताए । मन्त्रिमण्डल हेरफेरका लागि आन्तरिक तयारी समेत थालिएको छ ।
ओलीलाई मन्त्रिमण्डलमा हेरफेर गर्न दबाब बढिरहँदा उनले आन्तरिक व्यवस्थापन गर्न सकेका छैनन् । तरकारी परीक्षणको विषयमा मन्त्री देखि सरकार समेतलाई गुमराहमा राख्ने गतिविधिलाई ओलीले गम्भीतराका साथ लिएका छन् । त्यसको गहिरो छानविन भित्री रुपमा गरिरहेका छन् ।
ओलीको सल्लाकारमध्येबाट पनि हेरफेर गर्ने तयारी गरेको बुझिएको छ । उनका सल्लाहकारहरु पनि बेला बेलामा विवादास्पद भनाईले विवादमा तानिएका छन् । स्रातेका नुसार ओलीले सल्लाहकारहरुमा पनि व्यापरक परिवर्तन गर्न तय गरेका छन् ।