Logo

विश्वकप क्रिकेट फाइनलः विजेताको पुरस्कार सुन्दा चकित नपर्नुहोस्



काठमाडौ, २९ असार। एकदिवसीय विश्वकप क्रिकेटको अन्तीम खेल आज आयोजक इंग्ल्याण्ड र न्युजील्यान्डबीच हुँदैछ । बेलायतको लड्स मैदानमा हुँन गैरहेको खेल नेपाली समय अनुसार अपरान्ह सवा तीन बजेदेखि  हुनेछ।

साविक विजेता अस्ट्रेलियालाई पराजित गर्दै इङ्ल्यान्ड फाइनलमा पुगेको हो भने न्युजील्यान्डले भारतलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो।

यसपटकको विश्वकपको विजेता टिमले ४ मिलियन अमेरिकी डलर अर्थात ४३ करोड ८१ लाख २० हजार पुरस्कार पाउनेछजुन हालसम्मकै क्रिकेट विश्वकपमा दिईएको मध्ये सर्वाधिक रकम हो।

यस अघि सन् २०१५ को एकदिवसीय विश्वकप विजेता अस्ट्रेलियाले ३।९७५ मिलियन डलर पुरस्कार पाएको थियो। यो पटक उप–विजेता टिमले २ मिलियन अमेरिकी अर्थात २१ करोड ९० लाख ६० हजार रुपैयाँ पाउनेछ डलर पुरस्कार पाउनेछ।



प्रतिक्रिया दिनुहोस्