को फाइनल खेलमा ब्याटिङ गरिरहेको न्युजिल्ढान्डले दुई सय रन कटाएको छ । छ ओभरको खेल बाँकी रहँदा न्युजिल्यान्डको दुई सय चार रन भएको छ ।
इंग्ल्यान्डमा जारी फाइनल खेलमा न्युजिल्यान्डले पाँच विकेट गुमाइसकेको छ । न्युजिल्यान्डले यही गतिमा खेलेमा दुई सय ५० को स्कोर बनाउने प्रक्षेपण गरिएको छ ।
भारतलाई स्तब्ध पार्दा न्युजिल्यान्डले दुई सय ५० रन समेत बनाएको थिएन । इंग्ल्यान्डविरुद्ध जित हासिल गर्न न्युजिल्यान्डका बलरहरुले भारतविरुद्ध खेल्दा जस्तै सनसनीपूर्ण प्रदर्शन गर्ने हुन् होइनन् ? चासो बनेको छ ।