Logo

बाढीपछि माहामारीको त्रास, के गर्दैछ सरकार ?



असार २९, काठमाण्डौ । विगत केही दिन देखिको अविरल बर्षाका कारण देशका विभिन्न ठाउँ डुबानमा परेको छ । बाढीसँगै ति क्षेत्रमा सरुवा रोग फैलिन सक्ने प्रवबल सम्भावना देखिन्छ । सर्तकता अपनाउन चिकित्सकले सुझाव दिएका छन् ।

जनस्वास्थ्य विशेषज्ञहरूले मुलुकको बाढी प्रभावित तराई क्षेत्रमा पानी र किटजन्य महामारी फैलिन सक्ने चेतावनी दिएका छन् । यस पटकको बाढीमा धेरै मात्रामा तराईका शहरी र ग्रामिण जनसंख्या प्रभावित रहेकाले प्रकोपको जोखिमसमेत उच्च रहेको बताइएको छ ।

पानी र खाद्यजन्य महामारी २४ घन्टा मै फैलिन सक्ने सम्भावना रहन्छ । हाल बाढी प्रभावित क्षेत्रमा झाडा पखाला, हैजा, टाइफाइड, जण्डिस लगायतका खाना र पानी जन्य रोग देखिने सम्भावना छ भने केहि दिनपछि औलो, डेगी, चिकनगुनियालगायतका किट जन्य रोग देखिने सम्भावना रहेको विज्ञहरू औल्याउँछन् । यस्तै आँखा पाक्ने रोग र छाला सम्बन्धी रोग देखिने सम्भावना छ ।

बाढी प्रभावित क्षेत्रमा रोगको महामारी फैलिन सक्ने मूख्य कारण दुषित पानी हो । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार बाढी प्रभावित जनतालाई तत्काल शुद्ध खानेपानीको सुनिश्चितता गर्नुपर्छ ।

यसले पानी जन्य रोगको प्रकोप फैलिनबाट जोगाउँछ । यस्तै हेपाटाइटिस ए विरूद्धको खोप र औलो रोगबाट बचाउने उपाय बाढी प्रभावित क्षेत्रमा तत्काल र्पुयाइनु पर्दछ ।

बाढी प्रभावित क्षेत्रमा झाडा पखाला र औलो फैलिने क्रम विगतमा देखिएको थियो । करिव तीन वर्ष अघि बाँके, बर्दिया र सुर्खेतका बाढी पीडितमा झाडा पखालाको समस्या देखिएको थियो । यस्तै करिव एक दशकअघि बाढीको ६ सातापछि बाँकेको राप्ती पारीको क्षेत्रमा देखिएको औलोले ३३ जनाको मृत्यु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्